onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बार्सिलोना सेमिफाइनलमा

एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा ग्रानडालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै बार्सिलोना सेमिफाइनल पुगेको हो ।

बार्साको जितमा एन्टोइन ग्रिज्मान र जोर्डी अल्बाले २-२ गोल गर्दा फ्रेन्की डी जोंगले १ गोल गरेका थिए । यस्तै ग्रानडाका लागि केनेडी , रोबर्टो सोल्डाडो र फेडरल भिकोले समान १ गोल गरेका थिए ।

खेलमा ग्रानडाका सुरुवाती अग्रता लिएको थियो । टिमका लागि केनेडीले खेलको ३३ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले अगाडि रहेको ग्रानडाले खेलको ४७ औं मिनेटमा अर्को गोल थप्यो । उक्त गोल रोबर्टो सोल्डाडो गरेका थिए ।

त्यसपछि २-० ले पछि परिरहेको अवस्थामा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्ने क्रममा खेलको ८८ औं मिनेटमा ग्रिज्मानले एक गोल फर्काउदा खेलको इन्जुरी समयमा अल्बाले
गोल गर्दै खेललाई बराबरीमा क्याए ।

त्यसपछि खेल अतिरिक्त समयमा गयो । त्यसमा बार्साका ग्रिज्मानले १०० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । तर त्यो अग्रता धेरै बेर टिक्न भने सकेन् । १०३ औं मिनेटमा ग्रानडाले खेललाई बराबरीमा ल्यायो ।
ग्रानडाका लागि उक्त गोल भिकोले पेनाल्टीमार्फत गरेका थिए ।

त्यसपछि भने बार्साले २ गोल थप्दा खेल ग्रानडा निराश हुन् पुग्यो । त्यस क्रममा बार्साका लागि चौथों गोल खेलको १०८ औं मिनेटमा फ्रेन्की डी जोंगले गर्दा ११३ औं मिनेटमा अल्बाले ब्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्