onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विराटनगरसँग विभागीय टोली पुलिस पराजित

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब
विराटनगर महानगरपालिकासँग पराजित हुन् पुगेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिस विराटनगर महानगरपालिकासँग १-० गोल अन्तरले पराजित हुन् पुग्यो ।

टिमलाई महत्त्वपूर्ण जित दिलाउन विराटनगरकी पार्वती घलेले निर्णायक गोल गरेकी थिइन् । उनले उक्त निर्णायक गोल खेलको नवौं मिनेटमा गरेकी थिइन् ।

त्यसपछि बाँकी समयमा पुलिस खेलमा फर्किने प्रयास गरेपनि सफल भने हुन् सकेन् । यो सँगै विराटनगरको जारी लिगमा यो तेस्रो जित हो । जितसँगै ६ खेल खेलेको विराटनगरले १० अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

यता विराटनगरसँग निराश हुन् पुगेको पुलिसको यो दोस्रो हार हो । हारसँगै पुलिस अंकतालिकाको चौथों स्थानमा झरेको छ । ६ खेल खेलेको पुलिसले अंकतालिकामा ८ अंक जोडेको छ ।

यस्तै लिगमा बुधबार यो खेल अघि विभागीय टोली त्रिभुवन आर्मी र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा भएको थियो । जसमा आर्मीले चौदण्डीगढी नगरपालिकालाई १२-० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्