onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सावित्रा एक्लैले १२ गोल गर्दा चौदण्डीगढीमाथि एपीएफको फराकिलो जित

काठमाडौं (अनलाइन खेल खबर )। काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा साविकको विजेता विभागीय टोली एपीएफले चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित आत्मसाथ गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले फराकिलो अन्तरले जित आत्मसाथ गर्ने क्रममा चौदण्डीगढी उदयपुरलाई २२-० गोल अन्तरले पराजित गरेको छ ।

एपीएफका लागि सावित्रा भण्डारी एक्लैले १२ गोल गर्दा कप्तान अनु लामाले ५ गोल गरिन् । भने उपकप्तान अनिता बस्नेतले ३ र रेनुका नगरकोटी र सरु लिम्बुले १-१ गोल गरेका थिए ।

खेलको पाँचौ मिनेटमा सावित्राको गोलमार्फत गोलको सुरुवात भएको खेलमा अत्यमा पनि सावित्रालेनै गोल गरेकी थिइन् । उनले ५,३२,३३,३४,३८,४७,५५,६२,६३,७२,७९ र खेलको अत्यमा गोल गरेका थिइन् ।

यस्तै अनुले ११,१४,२०,२६ र ६५ औं मिनेटमा गोल गर्दा अनिताले ९,५० र ६७ औं मिनेटमा गोल गरेकी थिइन् । यस्तै रेनुकाले ३१ औं मिनेटमा गोल गर्दा सरुले १८ मिनेटमा गोल गरेकी थिइन् ।

यो जितसँगै लिगमा लगातार ६ खेलमा जित हासिल गरेको एपीएफ १८ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । यता एपीएफसँग पराजित भएको चौदण्डीगढीको यो लगातार छ्ठौं हार हो ।

अब प्रतियोगिता अन्तर्गत मंगलबार एक मात्र खेल हुनेछ । जसमा वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्