onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चन्द्रपुरमाथि आर्मीको फराकिलो जित

काठमाडौं (अनलाइन खेल खबर ) ।काठमाडौंमा जारी महिला राष्ट्रिय लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मीले दोस्रो जित हासिल गरेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले चन्द्रपुर नगरपालिकालाई १०-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

आर्मीको फराकिलो जितमा शर्मिला थापा र रश्मि घिसिङले ह्याट्रिक गरे । यी दुईले समान ४ गोल गर्दा विमला चौधरी र सपना लामाले पनि १-१ गोल गरेका थिए ।

एकतर्फी बनेको खेलमा आर्मीले पहिलो हाफमा चार र दोस्रो हाफमा थप ६ गोल गरेको थियो ।जसअन्तर्गत शर्मिलाले १५, ३५, ५१ र ६४औं मिनेटमा गोल गरेकी थिइन् ।

भने रश्मिले ५९, ६२ , ६६ र ७५ औं मिनेटमा गोल गरेकी थिइन् । यस्तै खेलको तेस्रो मिनेटमा विमलाले गोल गर्दा सपनाले ४५ औं मिनेटमा गोल गरेकी थिइन् ।

यो जितसँगै आर्मी ४ खेलबाट ७ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । भने आर्मीसँग ठूलो हार ब्यहोरेको चन्द्रपुर ४ खेलबाट ३ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्