महिला लिग : आर्मी र पुलिसको बराबरी
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत उद्घाटन खेलमा दुई विभागिय टोली नेपाल पुलिस र आर्मीले बराबरी खेलेका छन् ।
बुधबार देखि सुरु भएको लिगको पहिलो खेलमा यी दुईबीचको खेल गोल रहित बराबरीमा सकिएको छ ।
पुलिसको तुलनामा केही आक्रमक शैली प्रस्तुत गरेको आर्मीले गोल गर्न भने सकेन् । त्यसबीचमा पुलिसले पनि केही राम्रो अवसर भने सिर्जना गरेको थियो । तर पुलिस पनि सफल हुन् सकेन् र अन्ततः खेल गोल रहित बराबरीमा सकियो ।
योसँगै दुबै टोलीले अंकतालिकामा १-१ अंक जोडेका छन् । लिगमा तीन विभागिय टोलीसँगै कुल ७ टोलीको सहभागिता रहेको छ ।
डबल राउण्ड रोबिनको आधारमा संचालित प्रतियोगितोको विजेता टोलीले नगद १५ लाख प्राप्त गर्दा उप -विजेताले ८ लाख प्राप्त गर्नेछ ।
यस्तै तेस्रो हुनेले ५ लाख र चौथो हुने टिमले ३ लाख प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।