onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एशियन गेम्स मा नेपाली फुटबल टोलि भियतनाम सगँ पराजित : पराजित सगैं नेपाल समुह चरणमै रोकियो

साउन ३१ , अनलाईन खेलखबर ||इन्डोनेसिया मा जारि एसियन गेम्स (एसियाड) अन्तर्गत आज भएको पुरुष फुटबल मा नेपाल यु -२३ भियतनाम यु -२३ सगँ सँग २–० ले पराजित हुन पुगेको छ ।

आफ्नो पहिलो खेलमा जापानसँग १–० को हार बेहोरेको नेपाल ले आजको हार सगैँ नकआउट चरण मा पुग्ने सपना मा पुर्णबिराम लागेको छ । नक आउट चरणको सम्भावना कायम राख्न आज जित्नै पर्ने दबाब नेपाल का लागि थियो । तर नेपालको प्रदर्शन पहिलो जापान को भन्दा निकै कमजोर देखियो ।

सुरुवात देखि नै भियतनाम नेपाली टोलि विरुद्ध हाबी बन्दै आएको आज को खेल मा नेपाल को निकै निराशाजनक प्रदशन रहयो ।

यता समूह “डी ” अन्तर्गत जापानले पाकिस्तानलाई ४–० ले हराएपछि समूह” डी” मा नेपाल सँगै पाकिस्तानको यात्रा पनि समाप्त भएको छ । भने भियतनाम र जापान नकआउट प्रबेश गरेका छ्न । अब समूह चरणको अन्तिम खेलमा नेपालले आइतबार पाकिस्तानको सामना गर्नेछ ।।

प्रतिक्रिया दिनुहोस्