onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विश्वकप छ्नोटको खेल तालिका सार्वजनिक

काठमाडौं (अनलाइन खेल खबर ) । एसियाली फुटबल महासंघ (एएफसी)ले सन् २०२२ मा कतारमा हुने विश्वकप छ्नोटका लागि बाँकी रहेका खेलहरुको खेल तालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको खेल तालिका अनुसार अब नेपालले बाँकी रहेको खेलहरु मार्च र जुन महिनामा खेल्नेछ । यसअघि कोरोना भाइरस (कोभिड-१९ ) का कारण सन् २०२० मा तय भएको खेलहरु दुईपटक स्थगित गर्न परेको थियो ।

अब छ्नोट अन्तर्गत नेपालले ३ खेल खेल्न बाँकी रहेको छ । छ्नोट अन्तर्गत यसअघि नेपालले ५ खेलमा १ खेलमा जित र बाँकी सबै खेल गुमाएको थियो ।
जस अन्तर्गतले नेपालले एक मात्र जित चाइनिज ताइपेइविरुद्ध हासिल गरेको थियो । उक्त खेलमा नेपालले ताइपेइलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

छ्नोट अन्तर्गत अब नेपालले मार्च २५ तारिखमा चाइनिज ताइपेईसँग खेल्नेछ भने मार्च ३० मा अष्ट्रेलियासँग र जुन ७ तारिखमा जोर्डनसँग खेल्नेछ । यी सबै खेलहरु दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्