onlinekhelkhabar.com

Complete website for Nepali Sports News

रोनाल्डो चम्किँदा बार्सिलोनामाथि युभेन्ट्सको सहज जित

एजेन्सी । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो चम्किँदा युभेन्ट्सले बार्सिलोनामाथि सहज जित हासिल गरेको छ ।

मंगलबार राति च्याम्पियन्स लिग अन्तर्गत समूह जी को अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

युभेन्ट्सको सहज जितमा स्टार फुटबलर रोनाल्डोले दुई गोल गरे । मेस्सी र रोनाल्डोको भिडन्तको रुपमा हेरिएको खेलमा रोनाल्डो हाबी हुन् पुगे ।

खेलमा युभेन्ट्सले रोनाल्डोको पेनाल्टी गोलमार्फत १३ औं मिनेटमा अग्रता बनाएको थियो । र त्यसको सात मिनेटपछि युभेन्ट्सले अग्रता दोब्बर बनायो । टिमका लागि दोस्रो गोल वेस्टन मैककैनीले गरेका थिए ।

पहिलो हाफ भित्र २-० ले अग्रता बनाएको युभेन्ट्सले दोस्रो हाफमा पनि एक गोल थप्यो । खेलको ५२ औं मिनेटमा रोनाल्डोलेनै टिमका लागि पेनाल्टीमार्फत तेस्रो गोल गरेका थिए ।

यो जितसँगै युभेन्ट्स समूहको शीर्ष स्थानमा रहदै अन्तिम -१६ मा पुग्दा बार्सिलोना समूहको उपविजेताको रुपमा अन्तिम -१६ मा पुगेको छ ।