महिला फुटबल टिमकी कप्तान रेणुका वैवाहिक बन्धनमा
काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेणुका नगरकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।
विभागीय टोली एपीएफ क्लबकी मुख्य खेलाडी समेत रहेकी रेणुका मंगलबार वैवाहिक बन्धनमा बाँधिएकी हुन् ।
लामो समय प्रेम सम्बन्धमा रहदै आएकी रेणुकाले जनकपुरका अभिषेक लामासँग वैवाहिक बाँधिएकी हुन् ।
अघिल्लो वर्ष नेपालमा आयोजना भएको दक्षिण एसियायी खेलकुद (साग) मा नेपालले रजत पदक जित्ने क्रममा रेणुका टिमकी महत्वपूर्ण सदस्य रहेकी थिइन् ।
यस्तै रौतहटकी रेणुका विराटनगरमा भएको साफ च्याम्पियनसिप खेल्ने टिममा समेत रहेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्