रहेनन् चर्चित फुटबलर म्याराडोना
एजेन्सी । विश्वकै महान् फुटबल खेलाडी डियगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।
पूर्व अर्जेन्टिनी आक्रामक मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको घरमै रहेका बेला हृदयघातका कारण निधन भएको छ ।
केहि समय देखि मस्तिष्कको समस्याबाट संघर्ष गरिरहेका उनको दुई हप्ताअधिमात्र मस्तिष्कमा ब्लट क्लट सर्जरी गरिएको थियो । त्यसपछि अस्पतालबाट डिस्चार्ज भई उनि घरमै आराम गईरहेका थिए ।
सोही क्रममा बुधबार उनलाई हृदयघात हुन् पुग्दा उनको निधनको कारण पनि सोही बनेको छ ।
विश्वकै उत्कृष्ट खेलाडीको छवि बनाएका अर्जेन्टियन महान खेलाडी म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले सन् १९८६ को विश्वकप जितेको थियो ।