onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल र बंगलादेशबीचको दोस्रो खेल बराबरीमा

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाल र बंगलादेश बीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।

मंगलबार बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेल गोल रहित बराबरीमा सकिएको छ ।

खेलमा नेपालले आक्रमक रणनीतिका साथ मैदान उत्रिएको भएपनि गोल गर्न भने असफल रहयो । जसमा नेपालले केही राम्रा अवसर पनि सिर्जना गरेको थियो ।

जसलाई नेपालले सदुपयोग गर्न सकेन र अन्ततः खेल बराबरीमा सकिन पुग्यो ।

यो बराबरीसँगै दुई खेलको ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ बंगलादेशले जितेको छ ।

बंगलादेशले दुई खेलको सिरिजमा एक जित र एक बराबरी खेल्दै सिरिज आफ्नो नाममा लेखाएको हो ।

यसअघि सिरिज अन्तर्गत शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली बंगलादेशले पाहुना टोली नेपाललाई २-० ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्