onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल बंगलादेशसँग पराजित

काठमाडौं ( अनलाइन खेल खबर ) – नेपाल र बंगलादेशबीचको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो खेलमा पाहुना टोली नेपाल घरेलु टोली बंगलादेशसँग पराजित हुन् पुगेको छ ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हजारौं दर्शकका साथ भएको खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित हुन् पुगेको छ ।

खेलमा घरेलु टोली बंगलादेशले खेलको १० औं मिनेटमा अग्रता बनाएको थियो। टिमलाई सुरुवाती अग्रता दिलाउने क्रममा उसका लागि मोहम्मद जिवनले पहिलो गोल गरेका थिए । उनले नेपाली डिफेन्डरको कमजोरीमाथि फाईदा उठाउँदै उत्कृष्ट गोल गरेका थिए ।

सुरुवाती चरणमा गोल गरेपछि हौसिएको बंगलादेशले त्यसपछि केहि समय खेललाई आफ्नो नियन्त्रणमा राखेको भएपनि नेपालले पनि खेललाई बराबरीमा ल्याउन ठूलो कसरत गरिरहेको थियो । त्यसबीचमा नेपालले केहि राम्रो मौका पनि सिर्जना गरेको थियो तर गोलमा भने परिणत गर्न सकेन् ।

यसरी पहिलो हाफ भित्र १-० ले पछि परेको नेपालले दोस्रो हाफमा भने खेललाई सुधारेको प्रस्ट देखिन्थ्यो । त्यसबीचमा नेपालले केहि राम्रा अवसर पनि सिर्जना गरिरहेको थियो । त्यसबिचमा नेपालले दुभाग्यपूर्ण ८० औं मिनेटमा दोस्रो गोल खान पुग्यो ।

बंगलादेशका महबुर रहमानले काउन्टर अटेकमा गोल गर्न सफल भएका थिए । त्यसपछि बाँकी समयमा कुनैपनि टिमबाट गोल हुन् नसक्दा खेल अन्तत: बंगलादेशले २-० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

अब मैत्रीपूर्ण खेल अन्तर्गत दोस्रो तथा अन्तिम खेल मंसिर २ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्