onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एन्फा अध्यक्ष शेर्पा कोरोना सक्रमित

काठमाडौं (अनलाइन खेल खबर ) – अखिल नेपाल फुटबल संघ (एन्फा ) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना सक्रमण देखिएको छ ।

अध्यक्ष शेर्पाले बिहिबार आफ्नो सामाजिक संजाल फेसबुकमार्फत आफू सक्रमित भएको जानकारी गराएका छन् ।

जसमा उनले विगत केही दिनदेखि आफूसँग सम्पर्कमा रहेका सबैलाई पनि सचेत हुन् पनि आग्रह गरेका छन् ।

यस्तै बिहिबारनै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष तथा नेपाल ओपम्पिक कमिटिका उप- महासचिव पिताम्बर तिमल्सिनाले पनि आफू सक्रमीत भएको जानकारी गराएका छन् ।

यसअघि कोरोना सक्रमित हुन् पुगेका अधिकाम्श सक्रमण मुक्त भईसकेका छन् । जसमा खेलाडी देखि पदाधिकारीहरु पनि रहेका छन् । केही समय अघि मात्रै नेपालको अर्को ठूलो संस्था नेपाल क्रिकेट संघ (क्यान ) का अध्यक्ष चतुर बहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेलले पनि कोरोना सक्रमणबाट मुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्