onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल हुने

एजेन्सी । नोभेम्बरमा नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग २ खेलको मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको थियो ।

एन्फाका अनुसार मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय खेलकुद परिषद् ( राखेप) ले समेत स्वीकृति दिएको छ । योसँगै कोरोना भाइरस (कोभिड-१९ ) का कारण मैदानबाट टाढा रहेका खेलाडीलाई मैदानमा फर्किने माध्यम बनेको छ ।

मैत्रीपूर्ण खेल नोभेम्बर ११ देखि १९ को बीचमा हुनेछ ।

बंगलादेशमा हुने उक्त मैत्रीपूर्ण खेलका लागि बंगलादेश स्वयमलेनै केहि दिनअघि एन्फासामू प्रस्ताव राखेको थियो ।

यता मैत्रीपूर्ण खेलका लागि नेपाली टोली दशैं लगत्तै प्रशिक्षणमा जुट्ने छ ।

प्रतिक्रिया दिनुहोस्