विश्वकप छ्नोटमा अर्जेन्टिनाको लगातार दोस्रो जित
एजेन्सी । फिफा विश्वकप दक्षिण अमेरिकी छ्नोट अन्तर्गत अर्जेन्टिनाले लगातार दोस्रो जित हासिल गरेको छ ।
छ्नोटमा दोस्रो जित हासिल गर्ने क्रममा गएराति भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई २-१ ले पराजित गरेको छ ।
बोलिभियाको घरेलु मैदानमा भएको खेलमा घरेलु टोली बोलिभियालेनै सुरुवाती अग्रता कायम गरेको थियो ।
खेलको २४ औं मिनेटमा बोलिभियाका मार्सेलो मर्टिन्झ मोरेनोले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलमार्फत ४५ औं मिनेटमा खेललाई बराबरीमा ल्याएको थियो ।
यसरी पहिलो हाफ भित्र १-१ को बराबरीमा सकिएको खेलमा अर्जेन्टिनाले ७९ औं मिनेटमा दोस्रो गोल गर्यो । योकिन कोरियाले गरेको उक्त गोल अन्ततः अर्जेन्टिनाका लागि छ्नोटमा लगातार दोस्रो जित हासिल गर्न प्रयाप्त बन्यो ।
यो जितसँगै अर्जेन्टिनाले अंकतालिकामा ६ अंक जोडेको छ । पराजित बोलिभियाले भने अंकतालिकामा खाता खोल्न समेत सकेको छैन ।
यसअघि अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको थियो । जसमा मेस्सिले गोल गरेका थिए ।