onlinekhelkhabar.com

Complete website for Nepali Sports News

विश्वकप छ्नोटमा ब्राजिलको लगातार दोस्रो जित : नेयमारको ह्याट्रिक पूरा

एजेन्सी । स्टार खेलाडी नेयमारले ह्याट्रिक गोल गरेपछि ब्राजिलले सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छ्नोटको दोस्रो खेलमा पेरुमाथि सानदार जित हासिल गरेको छ ।

बुधबार बिहान भएको खेलमा ब्राजिलले पेरुलाई ४-२ गोल अन्तरले पराजित गरेको थियो ।

खेलमा ब्राजिलको तर्फबाट नेयमारले ३ तथा रिचार्लिसनले १ गोल गरेका थिए । भने पेरुको तर्फबाट आन्द्रे कर्रियो र रेनातो तापियाले १/१ गोल गरेका थिए ।

खेलमा पेरुले सुरुवाती अग्रता बनाएको थियो । आन्द्रे कर्रियोले खेलको छ्ठौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि ब्राजिलका स्टार खेलाडी नेयमारले २६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलम ब्राजिलले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्यो । तर दोस्रो हाफको पनि ब्राजिल केही मिनेट भने पछि परेको थियो ।

खेलको ५९ औं मिनेटमा पेरुका रेनातो तापियाले गोल गर्दै टिमलाई पुन: अग्रता दिलाएका थिए । तर उनको अग्रता धेरै बेर टिक्न भने सकेन ।

ब्राजिलका रिचार्लिसनले खेलको ६४ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि भने नेयमारले लगातार दुई गोल गरेपछि टिमले पेरुमाथि सहज जित निकाल्न सफल भयो ।

नेयमारले ८३ औं र खेलको अत्यतिर गोल गरेका थिए ।

यो जितसँगै विश्वकपको दक्षिण अमेरिकी छ्नोटमा ब्राजिलले लगातार दुई खेलमा जित निकाल्दै अंकतालिकामा ६ अंक जोडेको छ । यसअघि ब्राजिलले पहिलो खेलमा बोलिभियालाई ५-० गोल अन्तरले पराजित गरेको थियो ।