रोनाल्डो कोरोना संक्रमित
एजेन्सी । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमित हुन् पुगेका छन् ।
मंगलबार पोर्चुगल फुटबल महासंघले एक विज्ञप्ति जारी गर्दै रोनाल्डो कोरोना सक्रमित भएको पुष्टि गरेको छ ।
यूईएफए नेसन्स लिग अन्तर्गत स्वीडेनविरुद्धको खेलका लागि तयारीमा रहेका रोनाल्डोलाई त्यसबीचमा अन्य खेलाडीसँगै कोरोनाको जाँच गरिएको थियो ।
तर अन्य खेलाडीको भने नतिजा नेगेटिभ आएको छ । टिममा रोनाल्डोको मात्र नतिजा पोजेटिभ आएको हो ।
त्यससँगै उनि अहिले १० दिनको लागि आइसोलेसनमा बसि सकेका छन् । यस बीचमा कुनै लक्षण पनि देखिएको थिइन् ।
यता टोलीले आफ्नो तयारी भने यथावत राखेको छ । अब पोर्चुगलले नेसन्स लिग फुटबलमा बुधबार स्विडेनसँग खेल्नेछ ।
त्यसअघि आईतबार भएको खेलमा पोर्चुगलले फ्रान्ससँग गोल रहित बराबरी खेलेको थियो ।