onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विश्वकप छ्नोटमा ब्राजिलको सानदार सुरुवात

एजेन्सी । सन् २०२२ मा एसियायी मुलुक कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत ब्राजिलले आफ्नो पहिलो खेलमा सानदार जित हासिल गरेको छ ।

शनिबार बिहान भएको छ्नोटको पहिलो खेलमा ब्राजिलले सानदार जित हासिल गर्ने क्रममा बोलोभियालाई ५-० ले गोल अन्तरले पराजित गरेको छ ।

ब्राजिलको जितमा रोबर्टो फिर्मिनोले दुई गोल गरेका थिए । भने फिलिपे कोउटिन्हो र मार्किन्होसले पनि एक-एक गोल गर्न सफल भएका थिए । भने ब्राजिलले एक गोल उपहारस्वरुप प्राप्त गरेको थियो ।

खेलमा ब्राजिलले मार्किन्होसको गोलमार्फत खेलको १६ औं मिनेटमा अग्रता बनाएको थियो । त्यसपछि ब्राजिलका लागि फिर्मिनोले ३० औंर ४९ औं मिनेटमा लगातार दुई गोल गरेका थिए ।

यसरी ३-० ले अगाडी रहदै गर्दा ब्राजिलले खेलको ६६ औं मिनेटमा उपहार गोलसमेत प्राप्त गर्यो । बोलोभियाका जोसेले उक्त आत्मघाती गोल गरेका थिए ।
त्यसपछि ब्राजिलका लागि कोउटिन्होले खेलको ७३ औं मिनेटमा अर्को गोल थपेपछि समग्रमा ब्राजिलले बोलोभियालाई ५-० ले गोल अन्तरले पराजित गर्न सफल भयो ।

यस्तै छ्नोट अन्तर्गत अर्को खेलमा कोलोम्बियाले भेनेजुयलालाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्