बार्सिलोना हारबाट जोगियो
एजेन्सी । स्पेनिस ला लिग फुटबलमा बार्सिलोनाले सेभियासँग बराबरी खेलेको छ ।गएराती भएको आफ्नो तेस्रो खेलमा बार्सिलोनाले सेभियासँग १-१ को बराबरी खेलेको हो ।
बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा भएको खेलमा बार्सिलोनामाथि सेभियाले सुरुवाती ८ औं मिनेटमा लुक डे जोँगको गोलमार्फत अग्रता बनाएको थियो ।
तर सेभियाको अग्रताभन्ने धेरै बेर टिक्न भने सकेन् १-० ले पछि परिरहेको अवस्थामा बार्सिलोनाले सेभियाले गरेको पहिलो गोलको २ मिनेटपछि बराबरी गोल फर्कार्यो ।
टिमलाई बराबरीमा पुर्याउने क्रममा बार्सिलोनाका ब्राजिलियन स्टार फिलिप काउटिन्होले गोल गरेका थिए । त्यसपछि भने दुवै टिमले केहि राम्रो अवसर प्राप्त गरेको भएपनि गोलमा भने परिणत गर्न सकेनन् । र अन्ततः खेल बराबरीमा सकिएको थियो ।
यो बराबरीसँगै बार्सिलोना ३ खेलबाट २ मा जित र १ मा बराबरीसहित ७ अंकसहित अहिले अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । भने बार्सालाई बराबरीमा रोकेको सेभिया पनि समान ३ खेलबाट ७ अंकसहित छठौ स्थानमा रहेको छ ।