यूईएफएको वर्ष खेलाडी अवार्डमा बायर्नको वर्चस्व :रोबर्ट लेवनडोस्की वर्ष खेलाडी घोषित

यूईएफएको वर्ष खेलाडी अवार्डमा बायर्नको वर्चस्व :रोबर्ट लेवनडोस्की वर्ष खेलाडी घोषित

एजेन्सी । बायर्न म्युनिकका स्टार स्ट्राइकर रोबर्ट लेवनडोस्की युरोपेली फुटबल महासंघ ( यूईएफए ) को वर्ष खेलाडी घोषित भएका छन् । सन् २०१९/२० को सिजनमा उत्कृष्ट प्रदर्शन गरेका लेवनडोस्कीलाई बिहिबार युरोपेली फुटबल महासंघले वर्ष खेलाडी घोषित गरेको थियो ।

उनिसँगै मनोनयनमा म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्नकै गोलकिपर मानुएल नुएर रहेका थिए । लेवनडोस्कीको उत्कृष्ट प्रदर्शनकै कारण बायर्न म्युनिकले सिजनमा तीन ठूला प्रतियोगिता जितेको थियो । जसमध्य च्याम्पियन्स लिग ,जर्मन कप र बुन्डेसलिगा रहेको थियो ।

यस्तै अर्वार्डमा बायर्न म्युनिककै वर्चस्व रहयो । जसअन्तर्गत रोबर्ट लेवनडोस्कीले वर्षको उत्कृष्ट फरवार्ड पनि प्राप्त गर्दा बायर्नकै हन्सी फ्लिक उत्कृष्ट प्रशिक्षक , मनुएल न्यूउर वर्षको उत्कृष्ट गोलकीपर, जोशुआ किमिच वर्षको उत्कृष्ट डिफेन्डर घोषित भए ।यस्तै वर्षको उत्कृष्ट मिडफिल्डर भने म्यानचेस्टर सिटीका केभिन डी ब्रुयने चुनिएका थिए ।

महिलातर्फ भने तत्कालिन वल्फ्सबर्ग र हाल चेल्सीमा रहेकी पर्निले हार्डर युरोपेली वर्ष खेलाडी घोषित भईन् । भने उनलेनै वर्षको उत्कृष्ट फरवार्डको अवार्ड पनि प्राप्त गरिन् ।

यस्तैमा अन्यमा भने लियोनको वर्चस्व रहयो । जस अन्तर्गत प्रशिक्षकमा लियोनका जान लुक भासेर, गोलकिपरमा लियोनकी साहा बुअादी, डिफेन्डरमा लियोनकी वैंदी रेनार र मिड फिल्डरमा लियोनकै जेनिफर मारोजानले उक्त अवार्ड पप्राप्त गरे ।