लिभरपुललाई हराउँदै आर्सनल क्वाटरफाइनलमा

लिभरपुललाई हराउँदै आर्सनल क्वाटरफाइनलमा

एजेन्सी ।लिभरपुललाई पराजित गर्दै आर्सनल कारबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा आर्सनलले लिभरपुललाई पेनाल्टी सुट आउटमा ५-४ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको खेलमा खेलको नतिजा पेनाल्टी सुट आउटले निर्धारण गरेको थियो । जसमा आर्सनलले बाजी मार्यो ।

आर्सनलका लागि पेनाल्टी सुट आउटमा एलेक्जेन्डर लेकाजेट,सेड्रिक सोरेस ,एंसली मैटलैंड-नाइल्स ,निकोलस पेपे र जो विलॉकले गोल गरेका थिए । भने मोहम्मद एलननि गोल गर्नबाट चुकेका थिए ।

यस्तै लिभरपुलका लागि जेम्स मिल्नर, जॉर्जीनीयो वायनालडम, टाकुमी मिनामिनो र कर्टिस जोन्सले गोल गर्दा डिभोक ओरिगी र ह्यारी विल्सनले गोल गर्नबाट चुकेपछि खेल लिभरपुलले गुमाउन परेको थियो ।

अब आर्सनलले क्वाटरफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ ।भने क्वाटरफाइनलमै ब्रेन्टफोर्डले न्युक्यासल युनाइटेड, एभर्टनले म्यानचेस्टर युनाइटेड र स्टोक सिटीले टोटेनहमको सामना गर्नेछ ।