बायर्नले उचाल्यो जर्मन सुपर कपको उपाधि
एजेन्सी । बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै जर्मन महारथी बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि उचालेको छ ।बुधबार राति भएको फाइनल खेलमा बोरुसिया डर्टमुन्डलाई ३-२ गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो ।
बायर्न च्याम्पियन बन्ने क्रममा उसका लागि कोरेन्टीन टोलिसो, थोमस मुलर र जोशुआ किमिचले समान एक -एक गोल गरेका थिए ।भने बोरुसियाका लागि जुलियन ब्रान्ट र अर्लिंग ब्रूट हालैंडले पनि एक -एक गोल गरेका थिए ।
खेलमा बार्यनले १८ औं मिनेटमा अग्रता बनाएको थियो । टिमका लागि पहिलो गोल कोरेन्टीन टोलिसोले गरेका थिए । त्यसपछि ३२ औं मिनेटमा थोमस मुलरले टिमको लागि दोस्रो गोल गरे । त्यसको ७ मिनेटपछि बोरुसियाले एक गोल फर्कायो ।
बराबरी गोल फर्काउने क्रममा बोरुसियाका ब्रान्टले उक्त गोल गरेका थिए । यसरी पहिलो हाफ भित्र २-१ ले पछि परेको बोरुसियाका लागि खेलको ५५ औं मिनेटमा हालैंडले गोल गर्दै खेल पुन : बराबरीमा ल्याए । तर ८२ औं मिनेटमा बार्यनले तेस्रो गोल गर्न सफल भयो अन्ततः सोही गोल बार्यनलाई च्याम्पियन बन्न प्रयाप्त बन्यो ।
टिमलाई च्याम्पियन बनाउने उक्त महत्त्वपूर्ण तथा निर्णायक गोल जोशुआ किमिचले गरेका थिए ।