onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चेल्सीमाथि टोटेनहमको रोमान्चक जित

एजेन्सी । इंग्लिस कारवाओ कपको चौथो चरणको खेलमा टोटेनहम हस्टपरले प्रिमियर लिग प्रतिद्धन्द्धी लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा टोटेनहमले जित हासिल गर्ने क्रममा चेल्सीलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गरेको छ ।निर्धारित समयमा खेल १-१ को बराबरी सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटमार्फत निर्धारण गरिएको थियो । जसमा टोटेनहम सफल हुन् पुग्यो ।

पेनाल्टीमा टोटेनहमका इरिक डाएर, इरिक लमेला, पिएर इमिल होजवर्ग, लुकाु मोउरा र ह्यारी केनले गोल गरे । भने चेल्सीका तर्फबाट टॅमी अब्राहम,सीजर अज्पीलिक्वेता,जर्जिन्हो र एमर्सन पालमेरीले गोल गर्दा मासोन माउंट गोल गर्नबाट चुकेका थिए ।

पेनाल्टी सुटआउट अघि खेलमा चेल्सीले खेलको १९ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । टिमलाई सुरुवाती अग्रता दिलाउने क्रममा चेल्सीका टिमो वर्नरले उक्त गोल गरेका थिए ।

पहिलो हाफ भित्र १-० ले पछि परेको टोटेनहमले दोस्रो हाफमा बराबरी गोल फर्काउन सफल भयो ।खेलको ८३ औं मिनेटमा एरिक लामेलाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि बाँकी समयमा कुनै टिमबाट गोल हुन् सकेन् र खेलको नतिजा पेनाल्टी सुट आउटबाट निर्धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्