आर्सनललाई हराउँदै लिभर पुल दोस्रो स्थानमा उक्लियो
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको च्याम्पियन लिभरपुलले आफ्नो तेस्रो खेलमा आर्सनललाई पराजित गरेको छ ।
गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई ३-१ गोल अन्तरले पराजित गर्न सफल भएको छ । खेलमा लिभरपुलका लागि साडियो माने .एन्ड्रयु रोबर्टसन र डायोगो जोताले गोल गरेका थिए भने आर्सनलको तर्फबाट एक गोल एलेक्जेन्डर लेकाजेटले गरेका थिए ।
खेलमा अग्रता भने आर्सनलले बनाएको थियो । एलेक्जेन्डर लेकाजेटले खेलको २५ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर आर्सनलको त्यो अग्रता धेरै बेरसम्म टिक्न सकेन् । त्यस क्रममा लिभर पुलले पहिलो गोल खाएको ३ मिनेटपछि बराबरी गोल फर्काएको थियो ।
खेललाई बराबरी ल्याउने क्रममा लिभरपुलका मानेले उक्त गोल गरेका थिए । त्यसपछि ३४ औं मिनेटमा लिभरपुलले अर्को गोल गर्यो । टिमका लागि दोस्रो गोल रोबर्टसनले गरेका थिए ।
यसरी पहिलो हाफ भित्र २-१ ले अगाडि रहेको लिभरपुलले दोस्रो हाफको अत्यतिर पनि एक गोल गर्न सफल हुँदा समग्रमा ३-१ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । टिमका लागि अन्तिम गोल जोताले ८८ औं मिनेटमा गरेका थिए ।
यो जितसँगै लिगमा हालसम्म तीन खेल खेलेको लिभर पुलले शत प्रतिशत नतिजा आफ्नो पक्षमा पार्दै ९ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भने लिभर पुलसँग पराजित हुन् पुगेको आर्सनल ३ खेलबाट ६ अंकसहित अंकतालिकामा पाँचौ स्थानमा रहेको छ ।