रोनाल्डोले दुई गोल गरेपछि युभेन्ट्स हारबाट जोगियो
एजेन्सी। क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्ट्सले इटालियन लिग सिरि ए फुटबलमा बराबरी खेलेको छ । गएराति भएको खेलमा युभेन्ट्स र रोमाबीचको खेल बराबरी हुन् पुगेको छ ।
खेलमा रोमाका लागि जोर्डन भेरेटआउटले पनि एक्लैले दुई गोल गरेका थिए । डियो ओलम्पिको रोमा इटालीमा भएको खेलमा सुरुवाती अग्रता रोमालेनै बनाएको थियो । जोर्डनले खेलको ३१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।
त्यसपछि युभेन्ट्सले पनि ४४ औं मिनेटमा पेनाल्टी गोलमार्फत खेललाई बराबरीमा ल्यायो । उक्त गोल रोनाल्डोले गरेका थिए । तर त्यसको केहि मिनेटपछि रोमाका जोर्डनले इन्जुरी समयमा गोल गर्दै टिमलाई पुन:अग्रता दिलाए ।
पहिलो हाफ भित्र २-१ ले पछि परेको युभेन्ट्सले दोस्रो हाफमा भने केहि सुधारिएको प्रदर्शन गरेको थियो । त्यसक्रममा रोनाल्डोले खेलको ६९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि बाँकी समयमा कुनै टिमबाट गोल हुन् सकेन र दुवै टोलीले अंक बाड्न बाध्य भए ।
यो बराबरीसँगै युभेन्ट्स २ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा छ । भने समान २ खेलनै खेलेको रोमा १ अंक सहित १३ औं स्थानमा छ ।