चेल्सीको सानदार सुरुवात

चेल्सीको सानदार सुरुवात

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीले सानदार सुरुवात गरेको छ । सानदार सुरुवात गर्ने क्रममा चेल्सीले आफ्नो पहिलो खेलमा ब्राइटनमाथि ३-१ गोल अन्तरले जित हासिल गरेको छ ।

एमेक्स रंगशालामा गएराति भएको खेलमा चेल्सीले जित हासिल गर्ने क्रममा उसका लागि जर्जिन्हो, रिस जेम्स र कर्ट जोउमाले समान एक-एक गोल गरेका थिए भने ब्राइटनको तर्फबाट एक मात्र गोल लिएंड्रो ट्रोसार्डले गरेका थिए ।

खेलमा चेल्सीले २३ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता बनाएको थियो । जून गोल जर्जिन्होले गरेका थिए त्यसपछि पहिलो हाफमा थप गोल हुन् सकेन।
पहिलो हाफमा १-० ले पछि परेको ब्राइटनले खेलको ५४ औं मिनेटमा बराबरी गोल फर्कायो ।खेललाई बराबरी ल्याउने क्रममा लिएंड्रो ट्रोसार्डले उक्त गोल गरेका थिए ।

तर त्यसको २ मिनेटपछि चेल्सीले पुन : खेलमा अग्रता कायम गर्यो । टिमका लागि महत्वपूर्ण दोस्रो गोल रिस जेम्सले गरे । त्यसपछि चेल्सीले ६६ औं मिनेटमा अर्को गोल थप्यो । तेस्रो गोल कर्ट जोउमाले गरेका थिए । त्यसपछि बाँकी समयमा कुनै पनि टिमबाट गोल हुन् सकेन र अन्ततः चेल्सीले लिगमा सानदार सुरुवात गर्न प्रयाप्त बन्यो ।