onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मोहम्मद सलाह चम्किँदा लिभरपुलको सुखद सुरुवात

एजेन्सी । मोहम्मद सलाहको ह्याट्रिक गोलको मद्धतमा इंग्लिस प्रिमियर लिगमा गत संस्करणको च्याम्पियन समेत रहेको लिभरपुलले नयाँ संस्करणको आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ ।

लिगमा सुखद सुरुवात गर्ने क्रममा लिभरपुलले शनिबार राति भएको खेलमा लिड्स युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गर्न सफल भयो ।

उसका लागि मोहम्मद सलाह नायक साबित हुन् पुग्दा भर्जिल भ्यान डिज्कले पनि एक गोल गरेका थिए । भने लिड्सको तर्फबाट ज्याक हेरिसन ,प्याटरिक बॅमफोर्ड र मीचुश क्लीचले एक-एक गोल गरेका थिए ।

खेलमा मोहम्मद सलाहको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो । सलाहले टिमलाई सुरुवाती अग्रता दिलाउने क्रममा पेनाल्टीमार्फत गोल गरेका थिए ।

त्यसपछि लिड्सका ज्याक हेरिसनले खेलको १२ औं मिनेटमा बराबरी गोल फर्काउदा लिभरपुलले २० औं मिनेटमा दोस्रो गोल गर्यो ।उक्त गोल भर्जिल भ्यान डिज्कले गरेका थिए ।

निकै प्रतिष्पर्दात्मक बनेको खेलमा लिड्सका
प्याटरिकको गोलमार्फत लिड्स फेरी खेलमा फर्कियो । उनले ३० औं मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा ल्याएका थिए ।

प्याटरिकले दोस्रो गरेको ३ मिनेटपछि सलाहले टिमका लागि तेस्रो गोल गरे । यसरी पहिलो हाफमा ३-२ ले पछि परेको लिड्सले खेलको ६६ औं मिनेटमा खेललाई पुन बराबरीमा ल्यायो । खेललाई बराबरीमा ल्याउन उक्त महत्वपूर्ण गोल मीचुश क्लीचले गरेका थिए ।

तर खेलको अन्त्यतिर फेरी लिभरपुलले पेनाल्टीको अवसर प्राप्त गर्यो । जसलाई सलाहले नै सदुपयोग गर्दै टिमलाई सिजनमा सुखद सुरुवात दिलाए ।

प्रतिक्रिया दिनुहोस्