नेदरल्यान्डमाथि इटालीको कठिन जित

नेदरल्यान्डमाथि इटालीको कठिन जित

एजेन्सी । युईएफए नेसन्स लिगमा नेदरल्यान्डमाथि इटालीले कठिन जित हासिल गरेको छ ।

इटालीले कठिन जित हासिल गर्ने क्रममा गएराति भएको खेलमा नेदरल्यान्डलाई १-० ले पराजित गरेको थियो ।

खेलमा इटालीले पहिलो हाफको अत्यतिर गरेको एक मात्र गोलनै निर्णायक हुन् पुग्यो । उक्त गोल इटालीका निकोलो बेरेलाले गरेका थिए ।
समूह ए वानमा रहेको इटालीको यो पहिलो जित हो ।

यसअघि भएको खेलमा इटाली बोस्निया एन्ड हर्जगोबिनासँग बराबरीमा रोकिएको थियो । यो जितसँगै इटाली ४ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा समेत उक्लिएको छ भने पराजित भएको नेदरल्यान्ड ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस्तै पोल्यान्ड तेस्रो र बोस्निया अन्तिममा रहेको छ ।
अन्य खेलहरुको तालिका
कजाकस्तान १- २ बेलारुस ,अलबानिया ०- १ लुथुवानिया, अष्ट्रिया २- ३ रोनानिया ,बोस्निया १-२ पोल्यान्ड, चेक रिपब्लिक १-२ स्कटल्यान्ड, इजराईल १-१ स्लोभाकिया ,नर्थन आयरल्यान्ड १- ५ नर्वे