onlinekhelkhabar.com

Complete website for Nepali Sports News

जर्मनी र स्पेनबीचको खेल बराबरीमा

एजेन्सी । युईएफए नेसन्स लिग अन्तर्गत जर्मनी र स्पेनबीचको खेल बराबरीमा सकिएको छ ।

स्टुटगार्टमा बिहिबार राति भएको खेलमा दुबै टोलीले १-१ को बराबरी खेलेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जर्मनले ५१ औं मिनेटमा अग्रता बनाएको थियो ।

टिमलाई अग्रता दिलाउने क्रममा जर्मनीका टिमो वर्नरले उक्त गोल गरेका थिए । त्यसपछि जिततर्फ अग्रसर बन्दै गरेको जर्मनीविरुद्ध स्पेनका जोस लुइस गायाले खेलको इन्जुरी समयको अन्त्य तिर गोल गर्दै गुमिसकेको खेललाई बराबरीमा ल्याएका थिए ।

योसँगै प्रतियोगिताको समूह जी मा रहका यी दुई टोलीले पहिको खेलबाट एक-एक अंक जोडेका छन् । यस्तै यहिँ समूहमा रहेको युक्रेनले स्विटजरल्यान्डलाई २- १ ले पराजित गरेको छ ।