कम्युनिटी सिल्ड : लिभरपुल र आर्सनल भिड्दै
एजेन्सी । प्रिमियर लिग विजेता लिभरपुलले एफ ए कपको विजेता आर्सनलसँग आज प्रतिष्पर्दा गर्दैछ ।
खेल नेपाली समय अनुसार राति सवा ९ बजेपछि वेम्बली रंगशालामा हुनेछ ।
लिग विजेता लिभरपुल र नकआउट प्रतियोगिता एफए कपको विजेताआर्सनल सोहि हैसियतबाट यी दुई टोली इंग्ल्यान्डको प्रतिष्ठित एफए कम्युनिटी सिल्ड उपाधिका लागि भिड्न लागेका हुन् ।
इंग्ल्यान्डको फुटबलमा लिग विजेता र एफ कपको विजेताले यस सिल्डको फाइनल खेल्ने प्रावधान रहेको छ ।
लिभरपुल लगातार दोस्रो पटक सिल्डको फाइनल खेल्दैछ । अघिल्लो संस्करणमा लिभरपुल म्यान्चेस्टर सिटीसँग पराजित हुन् पुगेको थियो ।
सिल्डमा यसअघि लिभरपुल र आर्सनल तीन पटक आमने सामने भएका छन् । जसमा दुई पटक लिभरपुल विजयी हुँदा एक पटक आर्सनल विजयी भएको थियो ।
लामो इतिहास बोकेको यस कम्युनिटी सिल्डमा लिभरपुल र आर्सनलले समान १५/१५ पटक उपाधि उचालेका छन् । भने सर्वाधिक धेरै पटक उपाधि उचालेको म्यान्चेस्टर सिटीले २१ पटक सिल्ड आफ्नो नाममा लेखाउन सफल भएको छ ।