onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आयोजक झापा ११ लाई हराउदै आर्मी ले चुम्यो झापा गोल्ड्कप को उपाधी

फागुन २८ , अनलाईन खेलखबर || मोफसल को सर्बाधिक धनराधि पुरस्कार रहेको झापा गोल्डकप को फाईनल खेल मा आज आयोजक झापा ११ लाई रोमाञ्चक खेलमा सडन डेथ मा ८-७ ले पराजित गर्दै बिभागिय टोलि त्रिभुवन आर्मी ले उपाधी आत्मसात गरेको छ ।

घरेलु दर्शक हरुको राम्रो साथ पाएको झापा ११ ले यसपटक पनि उपाधी उचाल्न असफल भएको छ । पहोलो हाफ गोल रहित बराबरी मा रोकिएको खेल मा दोस्रो हाफ मा भने गोल भएको थियो ५९ औँ मिनेट मा पेनाल्टी बक्स भित्र बाट कर्ण लिम्बू ले उत्कृष्ट गोल गरेका थिए , यस्तै घरेलु टिम ले उक्त अग्रता कायम गर्न सकेन ७९ औँ मिनेट मा आर्मी का लागि भरत खवास ले बराबरी गोल फर्काए ,

फोटो सौजन्य : गोल नेपाल

यसपछि दुबै टोलि बाट गोल हुन सकेन र खेल १५ मिनेट अतिरिक्त समय मा गएको थियो अतिरिक्त समय मा पनि गोल नभए पछि खेल को निर्धारण सडन डेथ बाट भएको थियो । सडन डेथ मा आर्मी ले बाजि मार्यो र उपाधी आफ्नो नाम मा गर्न सफल भयो । र १२ लाख ५१ हजार पुरस्कार हात पार्यो भने उप- बिजेता झापा ११ ले ६ लाख मा चित्त बुझाउनु परेको छ । यता आर्मी को यो सिजन को सातौँ उपाधी हो ।

प्रतिक्रिया दिनुहोस्