![नेसन्स लिगका लागि रोनाल्डोको कप्तानीमा पोर्चुगिज टोलीको घोषणा](https://onlinekhelkhabar.com/wp-content/uploads/portugal-football.jpg)
नेसन्स लिगका लागि रोनाल्डोको कप्तानीमा पोर्चुगिज टोलीको घोषणा
एजेन्सी । यूईएफए नेसन्स लिगका लागि डिफेन्डिङ च्याम्पियन समेत रहेको पोर्चुगलले आफ्नो टोलीको घोषणा गरेको छ ।
सोमबार गरेको २५ सदस्यीय टोलीको नेतृत्व स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलेनै गर्नेछन् ।
टोलीमा अधिकाम्स पुरानै अनुहार रहेको छ । युरोपेली क्लबमा प्रभाव छोडन सफल खेलाडीलाई समिटिएर दुई खेलका लागि टोली घोषणा गरिएको छ ।
नेसन्स लिग अन्तर्गत पोर्चुगलले सेप्टेम्बर ६ तारिखमा क्रोएसियासँग र ९ तारिखमा स्वडेनसँग प्रतिष्पर्दा गर्ने खेल तालिका रहेको छ ।
गत वर्ष पोर्चुगलले नेदरल्यान्डलाई १-० गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको उपाधि उचालेको थियो ।
पोर्चुगिज टोली –
गोलरक्षक – एन्थोनी लोपेज, रुइ प्याट्रिसियो र रुइ सिल्भा ।
डिफेन्डर – पेपे, जोआ कान्सेलो, नेल्सन सेमिडो, डोमिन्गोस डुआर्ट, जोसे फोन्टे, रुबेन डियास, मारियो रुइ र राफेल गुएरेरो
मिडफिल्डर – ब्रुनो फर्नान्डेस, डानिलो पेरेरा, आन्द्रे गोमेस, रुबेन नेभेस, जोआ माउटिन्हो, रेनाटो सान्चेज र सेर्गियो ओलिभिरा ।
फरवार्ड – क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, डिएगो जोटा, गोन्सालो गुइडेस, जोआओ फेलिक्स र ट्रिनकाओ ।