फाइनल हारेपछि भावुक हुँदै नेयमारले भने – ‘हार पनि खेलको पाटो हो’
एजेन्सी। यूईएफए च्याम्पियन्स लिगको फाइनल खेलमा पराजित भएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार खेलाडी नेयमारले भावुक हुँदै हार खेलको एक पाटो भएको बताएका छन् ।
खेलपछि नेयमारले आफ्नो सामाजिक संजाल ट्विटरमार्फत उक्त भावना व्यक्त गरेका थिए । यस्तै च्याम्पियन बनेको बायर्न म्युनिखलाई उनले सोही ट्विटमार्फत बधाई पनि दिएका छन् ।
गएराति पोर्चुगलको लिस्बनमा भएको फाइनल खेलमा फान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गर्दै बायर्न छैटौं पटक च्याम्पियन बनेको थियो ।
निकै प्रतिष्पर्दात्मक बनेको फाइनल खेलमा ५९ औं मिनेटमा बायर्नले निर्णायक गोल गरेको थियो । टिमलाई च्याम्पियन बनाउने क्रममा किंग्सले कोमनले उक्त गोल गरेका थिए ।
लामो इतिहास बोकेको च्याम्पियन्स लिगमा पीएसजी पहिलो पटक फाइनलमा पुगेको थियो । तर पीएसजीले सोचे अनुरुप फाइनलमा प्रदर्शन गर्न नसक्दा पहिलो पटक च्याम्पियन बन्ने सपना अधुरोनै हुन् पुगेको छ ।