बायर्नले छैटौं पटक उचाल्यो च्याम्पियन्स लिगको उपाधि
एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगको उपाधि छैटौं पटक उचालेको छ ।
गएराति पोर्चुगलको लिस्बनमा भएको फाइनल खेलमा फान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गर्दै बायर्न छैटौं पटक च्याम्पियन बनेको हो ।
निकै प्रतिष्पर्दात्मक बनेको फाइनल खेल पहिलो हाफ बराबरीमा सकिएको थियो । तर खेलमा खेलको ५९ औं मिनेटमा बायर्नका किंग्सले कोमनले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
जोसुवा किमिचको पासमा हेडमार्फत कोमनले गरेको उक्त गोलनै अन्ततः निर्णायक सावित हुन् पुग्दा बार्यनलाई च्याम्पियन बन्न प्रयाप्त बन्यो ।
सन् १९७४ मा पहिलो पटक च्याम्पियन बनेको बायर्न म्युनिखले त्यसपछिका दुई संस्करणमा पनि लगातार च्याम्पियन बनेको थियो ।
त्यसपछि बायर्न म्युनिखले सन् २०००-०१ को संस्करण पनि आफ्नो नाममा लेखाउन सफल भएको थियो । भने सन् २०१३ मा पनि बायर्न म्युनिखले उपाधि उचालेको थियो ।
र त्यसको सात वर्ष पछि फेरी बायर्न म्युनिख च्याम्पियन्स लिगको च्याम्पियन बनेको छ । भने पहिलो पटक प्रतियोगितामा फाइनल खेलेको पीएसजी पहिलो प्रयासमै असफल हुन् पुगेको छ ।
प्रतियोगितामा बायर्नले फ्रेन्च क्लब लियोनलाई र पीएसजीले जर्मन क्लब आरबी लाइप्जिगलाई समान ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।