इंग्लिस प्रिमियर लिगको नयाँ खेल तालिका सार्वजनिक

इंग्लिस प्रिमियर लिगको नयाँ खेल तालिका सार्वजनिक

एजेन्सी । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२० -२०२१ को खेल तालिका सार्वजनिक भएको छ ।

बिहिबार सार्वजनिक भएको खेल तालिका अनुसार लिग यहीँ सेप्टेम्बर १२ देखि सुरु भए अर्को वर्षको मे २३ सम्म चल्नेछ ।

जसअन्तर्गत लिगको पहिलो दिन कुल ६ खेल हुने भएका छन् । जसमा ३० वर्षपछि लिग च्याम्पियन बनेको लिभरपुलले नयाँ सिजनको सुरुवात गर्ने क्रममा नव प्रवेशी लिड्स युनाईटेडसँग खेल्नेछ ।

यस्तै सोही दिन आर्सनलले फुलहमको सामना गर्दा लेष्टर सिटीले वेस्ट ब्रुमसँग खेल्नेछ । यस्तै साउथह्याम्पटनले क्रिस्टल प्यालेससँग ,वेस्ट ह्यामले न्युकासल युनाइटेडसँग र टोटेनहमले एभर्टनको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *