म्यानचेस्टर सिटीलाई हराउँदै लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा
एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गर्दै फ्रान्सेली क्लब लियोन यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति पोर्चुगलको लिस्बनमा भएको खेलमा सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेपछि लियोनले अन्तिम ४ मा स्थान बनाएको हो ।
टिमलाई सेमिफाइनल पुर्याउने क्रममा लियोनका मूसा देम्बेले ले दुई गोल गर्दा मैक्सवेल कॉर्नेटले एक गोल गरेका थिए । भने सिटीका लागि एकमात्र गोल केभिन डी ब्रुयनेले गरेका थिए ।
खेलमा खेलको २४ औं मिनेटमा कॉर्नेटको गोलमार्फत लियोनले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफ भित्र १-० ले पछि परेको सिटीले ६९ औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।
खेललाई बराबरीमा ल्याउन सिटीका ब्रुयनेले गोल गरेका थिए । त्यसपछि भने लियोनका मूसाले लगातार दुई गर्न सफल हुँदा लियोनलाई सेमिफाइनल पुग्न प्रयाप्त बन्यो ।
उनले खेलको ७९ र ८९ औं मिनेटमा गोल गरेका थिए ।
अब लियोनले सेमिफाइनलमा बायर्न म्युनिखको सामना गर्नेछ । भने अर्को सेमिफाइनलमा पीएसजी र आरबी लाइप्जिगले भिड्नेछन् ।