एक फुटबल खेलाडीलाई कोरोना सक्रमण

एक फुटबल खेलाडीलाई कोरोना सक्रमण

काठमाडौं ( अनलाइन खेल खबर )। एक जना नेपाली राष्ट्रिय फुटबल खेलाडी कोरोना भाइरस ( कोभिड -१९ ) बाट सक्रमित हुन् पुगेका छन् ।

फोटो -विवेक सुवेदी

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको सयुक्त छनोट प्रतियोगिताका बाँकी खेलहरु खेल्ने तयारी गर्दै गर्दा यहीं सोमबार र मंगलबार खेलाडीहरुको कोरोना परिक्षण गरिएको थियो। त्यस क्रममा एक जना खेलाडीमा भाइरस सक्रमण देखिएको छ ।

नेपाली टोलीले भदौं १ गतेबाट छनोट खेलका लागि तयारी गर्ने सोच बनाईरहेको थियो । त्यसका लागि बन्द प्रशिक्षणमा बोलाईएका खेलाडी, अफिसियल र होस्टेल कर्मचारी लगायतका गरी कुल ५४ जनाको कोरोना परिक्षण पाटन अस्पतालमा अखिल नेपाल फुटबल संघ ( एन्फा) ले गरेको थियो ।

अहिले यहि भाइरसका कारण छनोट खेलपनि स्थगित भई अर्को वर्ष हुने भएपछि नेपालको तयारी पनि रोकिएको छ ।

यसअघि युएईमा रहेका पूर्व फुटबल खेलाडी रञ्जित श्रेष्ठ पनि कोरोना सक्रमित हुन् पुगेका थिए र अहिले उनि पूर्ण ठिक भईसकेका छन् । यस्तै नेपाली खेलकुदको हकमा क्रिकेटर कुन्दन सिंह र स्क्वासका प्रशिक्षक हिराबहादुर थापालाई पनि कोरोना संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *