onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपालको छनोट खेलहरु स्थगित: अब अर्को वर्ष हुने

काठमाडौं (अनलाइन खेल खबर ) । सन् २०२२ मा एसियाली मुलुक कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपालले खेल्न बाँकी रहेका खेलहरु स्थगित हुन् पुगेका छन् ।

कोरोना भाइरस(कोभिड-१९ ) को प्रभावलाई मध्यनजर गर्दै एसियाली खेलकुद महासंघ ( एएफसी ) ले छनोट खेल स्थगित गरिएको जानकारी गराएको छ । अब यस छनोट खेलहरु अर्को वर्ष हुनेछ । यसअघि पनि कोरोना भाइरसकै कारण पूर्व निर्धारित समयमा खेल स्थगित हुन् पुगेको थियो ।

यसबीचमा अक्टोबर र नोभेम्बरमा छनोट खेल हुने भनेर एएफसीले खेल मिति समेत सार्वजनिक गरेको थियो । तर पछिल्लो समय नेपालसँगै छनोटमा सहभागी राष्ट्रहरुमा कोरोना भाइरसको प्रभाव बढ्दै जाने क्रम उत्पन्न भएपछि एएफसी फेरी पछि हट्न बाध्य भएको हो ।

छनोट खेलमा मात्र ३ खेल खेल्न बाँकी रहेको नेपालले यसबीचमा आफ्नो तयारीमा जुट्नका लागि कोरोना परिक्षण समेत गरेको थियो । र टोलीले भदौं १ गते देखि तयारीमा जुट्ने सोच बनाईरहेको अवस्थामा छनोट खेल स्थगित भएपछि अब अखिल नेपाल फुटबल संघ ( एन्फा ) कसरी अघि बढ्छ । त्यो हेर्न बाँकी रहेको छ ।

कुल ५ टिम सम्मलित यस छनोट खेलमा नेपालले अहिलेसम्म ५ खेल खेलिसकेको छ । जसमा नेपालले मात्र एक खेलमा जित निकाल्दा बाँकी ४ खेल गुमाएको छ । नेपालले एक मात्र जित चाइनिज ताइपेईविरुद्ध हासिल गरेको थियो । उक्त खेलमा नेपाल २–० ले विजयी भएको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *