onlinekhelkhabar.com

Complete website for Nepali Sports News

वल्भ्सलाई हराउँदै सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा

एजेन्सी । इंग्लिस क्लब वल्भ्सलाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्ला युईएफए युरोपा लिगको सेमिफाइनल प्रवेश गरेको छ ।

गएराती भएको खेलमा सेभिल्लाले वल्भ्सलाई १-० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल पुगेको हो ।

सेभिल्लालाई सेमिफाइनलसम्म पुर्याउन लुकस ओकैम्पोसले खेलको अन्त्य तिर गरेको गोलनै निर्णायक हुन पुग्यो । उनले खेलको ८८ औं मिनेटमा हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए ।

जुन गोल सेभिल्लालाई सेमिफाइनल पुग्न प्रयाप्त बन्यो । यसभन्दा अघि दुबै टिमले केही राम्रा अवसर भने सिर्जना गरेका थिए । तर गोलमा परिणत गर्न भने सफल भएका थिएनन् ।

अब सेभिल्लाले फाइनल प्रवेशका लागि म्यान्चेस्टर युनाइटेडको सामना गर्नेछ । युनाइटेडले कोपनहेगनलाई १-० ले पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *