नेपाली फुटबल टोलीको कोरोना परीक्षण गरेर सकियो !

नेपाली फुटबल टोलीको कोरोना परीक्षण गरेर सकियो !

काठमाडौं ( अनलाइन खेल खबर ) सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोटका खेलहरु खेल्न तयारीमा जुट्न लागेको नेपाली राष्ट्रिय फुटबल टोलीको कोरोना पीसीआर परीक्षण गरेर सकिएको छ ।

लगनखेल स्थित पाटन अस्पतालमा दुई दिन लगाएर कुल ५४ जनाको कोरोना परीक्षण गरिएको छ । पहिलो दिन सोमबार २५ जनाको परीक्षण गरिएको थियो । भने आज मंगलबार बाँकी सबै खेलाडी तथा अफिसियलको परीक्षण गरिएको एन्फाले जानकारी दिएको छ ।

राष्ट्रिय टोलीलाई भदौं १ गतेबाट विश्वकप छनोटको तयारीमा जुटाउन लागिपरेको एन्फाले अहिले सबै खेलाडीहरुलाई क्वारेन्टिनमा राखेको छ । जस अन्तर्गत काठमाडौं उपत्यका बाहिरका ११ जना खेलाडीहरु होटलमा र उपत्यकाका २२ जना खेलाडीहरु घरमा नै बसिरहेका छन् ।

अब कोरोना परीक्षण पछि यसको नतिजाका आधारमा खेलाडीहरुलाई सुरक्षित होस्टेलमा राखिनेछ ।

विश्वकप छनोट अन्तर्गत नेपालले अब मात्र तीन खेल खेल्न बाँकी रहेको छ । सबै खेल घरेलु मैदानमा हुनेछ । अब नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दै छ । भने त्यसको ५ दिनपछि असोज २७ गते अष्ट्रेलियासँग र कात्तिक २७ गते जोर्डनसँग खेल्ने खेल तालिका रहेको छ ।

यसअघि छनोट खेलमा नेपालले ५ खेल खेलिसकेको छ । जसमा नेपालले मात्र एक खेलमा जित निकाल्दा बाँकी ४ खेल गुमाएको छ । नेपालले एक मात्र जित चाइनिज ताइपेईविरुद्ध हासिल गरेको थियो । उक्त खेलमा नेपाल २–० ले विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *