लिभरकुसनलाई पराजित गर्दै इन्टर मिलान युरोपा लिगको सेमिफाइनलमा
एजेन्सी । इटालियन क्लब इन्टर मिलान युरोपा लिगको सेमिफाइनल पुग्न सफल भएको छ ।
गएराति भएको प्रतियोगिताको क्वाटरफाइनल खेलमा जर्मन क्लब बायर लिभरकुसनमाथि २-१ को जित निकाल्दै इन्टर मिलान सेमिफाइनल पुग्न सफल भएको हो ।
इन्टर मिलानलाई सेमिफाइनलसम्म पुर्याउनका लागि निकोलो बेरेला र रोमेलु लुकाकुले एक-एक गोल गरेका थिए ।भने
लिभरकुसनका लागि एक मात्र सान्त्वना गोल काई हावर्ट्ज़ले गरेका थिए ।
खेलमा खेलको १५ औं मिनेटमा मिलानले अग्रता बनाएको थियो । उसका लागि पहिलो गोल बेरेलाले गरेका थिए ।पहिलो गोल गरेको ६ मिनेटपछि इन्टर मिलानले अग्रता दोब्बर बनायो ।
टिमका लागि दोस्रो गोल लुकाकुले गरेका थिए । खेलको सुरुवाती अवस्थामानै २-० ले पछि परेको लिभरकुसनले खेलको २४ औं मिनेटमा एक गोल फर्कायो । टिमलाई खेलमा फर्काउने क्रममा उक्त गोल हावर्ट्ज़ले गरेका थिए ।
यसपछि बाँकी समयमा दुबै टिमले गोलका लागि केहि राम्रा अवसर सिर्जना गरेको भएपनि सफल भने हुन् सकेनन् र खेल अन्ततः इन्टर मिलानले २-१ ले आफ्नो पक्षमा पार्दै प्रतियोगिताको अन्तिम ४ पक्का गर्यो ।
अब इन्टर मिलान फाइनल प्रवेशका लागि युक्रेनी क्लब साख्तर डोनेक्स र स्वीस क्लब एफसी बसेलबीचको विजेतासँग खेल्नेछ ।