संघर्षपूर्ण जित निकाल्दै म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा
एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डेनिस क्लब कोपनहेगनमाथि संघर्षपूर्ण जित निकाल्दै युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको प्रतियोगिताको क्वाटरफाइनल खेलमा युनाईटेडले कोपनहेगनलाई १-० ले पराजित गरेपछि युनाइटेड सेमिफाइनल पुगेको हो ।
निकै प्रतिष्पर्दात्मक बनेको खेलमा युनाइटेडले खेलको अतिरिक्त समयमा गोल गर्दै जित आत्मसाथ गरेको थियो । खेलमा निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेलमा ३० मिनेट अतिरिक्त समय थपिएको थियो ।
खेलको ९४ औं मिनेटमा कोपनहेगनका डिफेन्डर एंद्रियास ब्येलैंडले फाउल गरेपछि युनाइटेडले पेनाल्टीको मौका पायो । त्यस मौकालाई ब्रूनो फर्नांडीसले खेर फालेनन र अन्ततः सोही गोलनै युनाइटेडलाई अन्तिम ४ मा पुग्न प्रयाप्त बन्यो ।
अब युनाईटेडले प्रतियोगिताको फाइनल प्रवेशका लागि उल्भ्स र सेभिल्लाबीचको विजेतासँग सोमबार खेल्नेछ ।