आन्द्रे पिर्लोलाई युभेन्ट्सको मुख्य प्रशिक्षकको जिम्मेवारी

आन्द्रे पिर्लोलाई युभेन्ट्सको मुख्य प्रशिक्षकको जिम्मेवारी

एजेन्सी । इटालियन फुटबल टोलीका पूर्व मिडफिल्डरसमेत रहेका आन्द्रे पिर्लो युभेन्ट्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

इटाली फुटबलमा राम्रो प्रभाव छोड्न सफल पिर्लोलाई शनिबार युभेन्ट्सले मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पेको छ ।

हालै च्याम्पियन्स लिगमा युभेन्ट्सले खराब प्रदर्शन गर्दै अन्तिम १६ बाट बाहिरिपछि युभेन्ट्सले मउरिजो सारीलाई विदाई गरेको हो ।

लिगमा युभेन्ट्सले लियोनसँग २-२ को बराबरी खेलेपछि अवे गोलको आधारमा लियोन अगाडि बढदा युभेन्ट्स स्तब्ध हुन् पुगेको थियो ।

पहिलो लेगमा युभेन्ट्स लियोनसँग १-० ले पराजित हुन् पुगेको थियो । दोस्रो लेगमा भने युभेन्ट्सले २-१ ले जित आत्मसाथ गरेपनि प्रतियोगितामा अगाडी बढन प्रयाप्त बनेन ।

यसअघि ४१ वर्षीय पिर्लोलाई युभेन्ट्सले गत साता मात्र यु-२३ टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *