नेपोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

नेपोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब नेपोलीलाई ३-१ ले पराजित गरेपछि समग्रमा खेल ४-२ ले आफ्नो पक्षमा पार्दै बार्सिलोनाले प्रतियोगिताको अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

यसअघि पहिलो लेगमा दुबै टोलीले एक -एक गोलको बराबरी खेलेका थिए ।

यता दोस्रो लेगमा बार्सालाई जित दिलाउँन लियोनल मेस्सी, क्लेमेन्ट लेन्गलेट र लुईस सुआरेजले समान १-१ गाेल गरेका थिए । भने नेपोलीको तर्फबाट एक गोल लोरेन्जो इन्सिग्नेले फर्काएका थिए ।

खेलमा बार्साले खेलको १० औं मिनेटमा अग्रता कायम गरेको थियो । टिमलाई सुरुवाती अग्रता दिलाउने क्रममा बार्साका लेन्गलेटले पहिलो गोल गरेका थिए । त्यसपछि २३ औं मिनेटमा बार्साले अग्रता दोब्बर बनायो । दोस्रो गोल मेस्सीले गरेका थिए ।

सुरुवाती अवस्थामानै २-० को अग्रता बनाईसकेको बार्साले पहिलो हाफको ईन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गर्न सफल भयो । पाएको सुनौलो मौकालाई बार्साका लुईसले गोलमा परिणत गरे ।

३-० ले पछि परेको अवस्थामा नेपोलीले पहिलो हाफको ईन्जुरी समयको अन्तिम तिर एक गोल फर्कायो । उसले पनि पेनाल्टीमार्फत गोल गरेको थियो । जुन गोल लोरेन्जोले गरेका थिए ।

अब क्वाटरफाइनलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखको सामना गर्नेछ । बायर्नले चेल्सीलाई समग्रमा ७-१ ले पराजित गर्दै क्वाटरफाइनल पक्का गरेको छ । बायर्नले पहिलो लेगमा चेल्सीलाई ३-० ले पराजित गरेको थियो भने शनिबार भएको दोस्रो लेगमा ४-१ ले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *