onlinekhelkhabar.com

Complete website for Nepali Sports News

एफ ए कपको उपाधि आर्सनललाई

एजेन्सी । इंग्लिस एफए कप फुटबलको उपाधि आर्सनलले उचालेको छ ।

शनिबार राति वेम्बली रंगशालामा भएको फाइनल खेलमा चेल्सीलाई २-१ ले पराजित गर्दै आर्सनल १४ औं पटक एफए कपको च्याम्पियन बनेको हो ।

आर्सनल च्याम्पियन बन्ने क्रममा उसका लागि दुबै गोल । पिइरी इम्रिक अबामेयाङले गरेका थिए । भने चेल्सीको तर्फबाट क्रिस्टियन पुलिसिचले एक गोल फर्काएका थिए ।

प्रतिष्पर्दात्मक बनेको फाइनल खेलमा सुरुवात भने चेल्सीले लिएको थियो । खेलको पाँचौ मिनेटमा चेल्सीका क्रिस्टियनले गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको २८ औं मिनेटमा आर्सनलले पेनाल्टी गोलमार्फत खेललाई बराबरीमा ल्यायो । खेललाई बराबरीमा ल्याउन पाएको राम्रो अवसरलाई । अबामेयाङले खेर फालेनन र खेल १-१ को बराबरी हुन् पुग्यो ।

यसरी पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा आर्सनलले ६७ औं मिनेटमा दोस्रो गोल थप्यो । जुन गोल अबामेयाङलेनै गरेका थिए । त्यसपछि बाँकी समयमा चेल्सी खेलमा फर्किन प्रयास गरेपनि गोल गर्न भने सकेन र खेल गुमाउँन पुग्यो ।

यस अघि सेमिफाइनलमा आर्सनलले म्यानचेस्टर सिटीलाई २-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । भने चेल्सीले
म्यानचेस्टर युनाइटेडलाई ३-१ ले हराउँदै आर्सनलसँग फाइनल भेट पक्का गरेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *