क्रोएसिया लाई स्तब्ध पार्दै फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

क्रोएसिया लाई स्तब्ध पार्दै फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

एजेन्सी , अनलाईन खेलखबर || क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै सन १९९८ पछि दोस्रो पटक फेरि उपाधि जितेको हो ।

भने पहिलो पटक फाईनल खेलेको क्रोएसिया उपबिजेता मा सिमित हुन पुग्यो , उपबिजेता मा चित्त बुझाउन परे पनि क्रोएसिया को फाईनल यात्रा पनि हालसम्मै ठुलो उपलब्धि हो ।

लुजिनिकी रंगशालामा मस्को मा भएको फाईनल खेलको १८ औं मिनेटमा क्रोएसियाका मारियो मान्डजुकिकले आत्मघाती गोल गर्न पुगेका थिए । फ्रान्सका एन्टोइनी ग्रिजम्यानले प्रहार गरेको फ्रिकिक बचाउने क्रममा उनले आफ्नै पोष्टमा दुर्भाग्यपूर्ण गोल गर्न पुगेका थिए ।

यसपछि १–० गोलले पछि परेको अवस्थामा क्रोएसियाले खेलको २८औं मिनेटमा गोल गर्दै खेल लाई बराबरी मा पुर्याएको थियो । क्रोएसियाका लागि पेरिसिकले उत्कृष्ट गोल गरेका थिए ।

१-१ को बराबरि को १० मिनेट नबित्दै फ्रान्स ले २-१ को अग्रता लिएको थियो । खेलको ३८ औं मिनेटमा क्रोएसियाका खेलाडीले आफ्नो डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सका एन्टोइनी ग्रिजम्यानले गोल मा परिणत गर्दै पहिलो हाफ सम्म फ्रान्स लाई २-१ को अग्रता दिलाएका थिए ।

पहिलो हाफ २-१ ले सकिएको खेल मा दोस्रो हाफ मा ५९ औ मिनेट मा पोग्बा ले गोल गर्दै क्रोएसिया माथी फ्रान्स लाई सहज बनाए ।
दोस्रो हाफमा बलमाथि क्रोएसियाले बढी नियन्त्रण गरे पनि फ्रान्सले पाएका अवसर सदुपयोग गर्दा फाइनल खेलमा फराकिलो जित दर्ता गर्न सफल भयो । दोस्रो हाफको ५९ औ मिनेट मा पोग्वा र ६५ औं मिनेटमा केलियन एम्बाप्पेले गोल थपे ।

क्रोएसियाका लागि सान्त्वना गोल मारियो मान्जुकिजले ६९ औं मिनेटमा फ्रान्सेली गोलकिपर को गल्ती गर्न पुग्दा उनले गोल गरे तर त्यो प्रयाप्त हुन भने सकेन ।

पहिलो पटक फाइनल पुगेको टिम क्रोएसियाले बलमाथि धेरै नियन्त्रण राखे पनि गोल गर्न नसक्दा हार व्यहोर्न पुग्यो ।

उपाधिसँगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसँगै ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ।
उपबिजेता क्रोएसियाले २८ मिलियन डलर र तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर पाएको छ। यस्तै चौथो भएको इंल्याण्डले २२ मिलियन डलर प्राप्त गरेको छ ।

यता बिश्वकप मा इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल्डन बुट जितेका छन् । केनले विश्वकपमा सर्बाधिक ६ गोल गर्दै गोल्डनबुट हात पारेका हुन्।

यस्तै क्रोएशियाका कप्तान लुका मोडरिचले रुस विश्वकपको गोल्डन बल प्राप्त गरे भने प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी फ्रान्सका १९ वर्षिय केलियन एम्बाप्पे घोषित भएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *