फ्रान्स दोस्रो पटक बिश्व बिजेता हुने दाउ मा हुदाँ क्रोएसिया नयाँ ईतिहास कोर्न चाहन्छ

फ्रान्स दोस्रो पटक बिश्व बिजेता हुने दाउ मा हुदाँ क्रोएसिया नयाँ ईतिहास कोर्न चाहन्छ

एजेन्सी,अनलाईन खेलखबर । रसिया मा जारी २१ औ फिफा बिश्वकप को फाईनल खेल आज हुदैछ । नेपाली समय अनुसार पौने ९ बजे देखि सुरु हुने फाईनल खेल मा दुई युरोपेली मुलुक फ्रान्स र क्रोएसिया भिडदै छ्न ।

लुजिनिकी रंगशालामा हुने फाइनल मा यो खेल दुबै टिम का लागि ठूलो उपलब्धि हुने हुदाँ दुवै टोली विश्वकपको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । र, यो फाइनलले विश्व फुटबलमा नयाँ च्याम्पियन राष्ट्र जन्माउने सम्भावना पनि जिबितै राखेको छ ।

पुर्ब अनुमान बिपरित बलिया भनिएका मुलुक हरु माथी शानदार जित निकाल्दै फाईनल सम्म को यात्रा गरेका यी दुई टिम फाईनल का लागि उच्च मनोबल मा रहेका छ्न । फाईनल सम्म आईपुग्दा यी दुई फाइनलिस्ट टोली फ्रान्स र क्रोएसियाले निकै शानदार प्रदर्शन गर्दै आइरहेको छ । यस्तोमा आज हुने फाइनल खेल निकै रोमान्चक हुने अनुमान समेत गरिएको छ ।

फाईनल सम्म को यात्रा लाई समेत नियाल्दा फ्रान्स ले समूह चरण का ३ खेल मा २ मा जित १ मा बराबरी खेल्दै नकआउट प्रबेश गरेको थियो समूह चरण मा अस्टेलिया लाई २-१ ले , पेरु लाई १-० ले र डेनमार्क सगँ बराबरी खेलेको थियो । नकआउट को प्रि-क्वाटरफाईनल मा बिश्वकप को एक दाबेदार मानिएको अर्जेन्टिना लाई ४-३ ले निराश बनाएको थियो भने क्वाटरफाईनल मा प्रतियोगिता मा राम्रो लय मा देखिएको उरुग्बे माथी २-० को जित निकालेको थियो भने सेमिफाइनल मा बेल्जियम माथी १-० को जित हासिल गर्दै रसिया बिश्वकप को फाईनल प्रबेश फ्रान्स ले गरेको हो ।

यता फ्रान्स को तुलनामा क्रोएसिया को भने फाईनल सम्म को यात्रा रोचक तलमाथि पुर्ण रहयो समुह चरण मा नाईजेरिया लाई २-० , अर्जेन्टिना लाई ३-० र आईसल्यान्ड लाई २-१ ले पराजित गरेको भए पनि नकआउट मा भने क्रोएसिया ले ठूलो चुनौती माथी सफल हुन पुग्यो भाग्यमानी टिम को रुप मा हेरिए पनि क्रोएसिया को खेल फाईनल सम्म आईपुग्दा लोभलाग्दो नै रहयो । नकआउट को प्रि- क्वाटरफाईनल मा डेनमार्क लाई पेनाल्टि मार्फत ३-२ को जित क्रोएसिया ले निकालेको थियो यस्तै क्वाटरफाईनल मा आयोजक रसिया लाई हराउन पेनाल्टी सम्म पुग्नु परेको थियो जहाँ रसिया पेनाल्टी सुटआउट मार्फत ४-३ ले निराश हुन पुग्यो भने सेमिफाइनल मा बिश्वकप को राम्रो लय मा देखिएको ईङल्यान्ड लाई २-१ ले निराश गर्दै क्रोएसिया आफ्नो फुटबल ईतिहास कै हाल सम्म कै ठूलो उपलब्धि फाईनल मा पुगेको छ ।

फ्रान्सले अहिलेसम एक पटक विश्वकप जितेको छ । क्रोएसियाले भने पहिलोपटक विश्वकपको फाइनल यात्रा तय गरेका हुन् । यस्तोमा फ्रान्स दोस्रो पटक विश्वकप उपाधि जित्न दाउँ मा रहेको छ भने बिश्वकप मा पहिलोपटक फाईनल खेल्दै गरेको क्रोएसिया भने पहिलो पटक विश्वकप जित्दै आफ्नो नाम मा इतिहास लेख्न चाहन्छ ।

फिफा बरियता मा क्रोएसिया २० स्थान मा रह्दा फ्रान्स ७ औ स्थान मा रहेको छ , पछिल्लो बिश्वकप फाईनल सम्म को यात्रा लाई नियाल्दा आज हुने फाईनल पुर्ण रोमाञ्चक बन्ने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *