युभेन्ट्सलाई नवौंपटक इटालियन सिरी ए फुटबलको उपाधि

युभेन्ट्सलाई नवौंपटक इटालियन सिरी ए फुटबलको उपाधि

एजेन्सी । इटालियन सिरी ए फुटबलको उपाधि युभेन्ट्सले उचाल्न सफल भएको छ ।

आईतबार राति भएको खेलमा साम्पडोरियामाथि २–० गोल अन्तरले जित आत्मसात गरेपछि युभेन्ट्स लगातार नवौंपटक लिग च्याम्पियन बन्न सफल भयो ।

लिग च्याम्पियन युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा महत्वपूर्ण खेलमा टिमलाई जित दिलाउने क्रममा क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले समान एक- एक गोल गरे ।

खेलमा युभेन्ट्सका स्टार खेलाडी रोनाल्डोको गोलमार्फत अग्रता बनाएको थियो । पहिलो हाफको अन्तिम समयमा टिमका लागि रोनाल्डोले गोल गरेका थिए ।

पहिलो हाफ भित्र १-० ले अगाडी रहेको युभेन्ट्सले दोस्रो हाफमा पनि एक गोल गर्न सफल भयो । खेलको ६७ औं मिनेटमा फेडेरिकोले टिमका लागि दोस्रो गोल गर्दै टिमलाई सहज जित दिलाए ।

लिग च्याम्पियन हुन मात्र ३ अंक आवस्यकता रहेको अवस्थामा यो जित युभेन्ट्सका लागि च्याम्पियन बन्न प्रयाप्त बन्यो । अझै लिगमा युभेन्ट्सको दुई खेल बाँकी रहेको छ ।

च्याम्पियन युभेन्ट्सको अहिले अंकतालिकामा ८३ अंक रहेको छ भने उसलाई पछ्याईरहेको ईन्टर मिलानको ७६ अंक छ । भने ४१ अंक जोडेको साम्पडोरिया १५ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *