म्यानचेस्टर युनाइटेड  र चेल्सी च्याम्पियन्स लिगका लागि छनोट

म्यानचेस्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लिगका लागि छनोट

एजेन्सी । चेल्सी र म्यानचेस्टर युनाइटेड अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनोट हुन् पुगेका छन् । इंग्लिस प्रिमियर लिग अन्तर्गत आईतबार राति भएको अन्तिम चरणको खेलमा चेल्सीले वल्भ्सलाई २-० र म्यानचेस्टर युनाइटेडले पनि लेस्टर सिटीलाई २-० ले पराजित गरेसँगै यी दुई टोलीले अर्को सिजनको च्याम्पियन्स लिग पक्का गरेका हुन् ।

लिगमा युनाइटेड तेस्रो र चेल्सी चौथों स्थानमा रहँदा त्यस दौडमा रहेको लेस्टर सिटी भने असफल भयो । यदी यो अन्तिम खेल जितेको खण्डमा उसले च्याम्पियन्स लिग सुरक्षित गर्ने थियो । तर त्यसो हुन् नसक्दा युनाइटेड र चेल्सीले समान ६६ अंक जोड्दै च्याम्पियन्स लिग सुरक्षित गरे । भने पाँचौ स्थानमा चित्त बुझाएको लेस्टरले अंकतालिकामा ६२ अंक जोड्यो ।

युनाइटेडलाई महत्वपूर्ण खेलमा जित दिलाउने क्रममा ब्रूनो फर्नांडीस र जेसी लिंगार्डले समान एक -एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा युनाइटेडले राम्रो कम ब्याक गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

युनाइटेडले खेलको ७१ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता बनाएको थियो । खेलमा टिमलाई अग्रता दिलाउने सुवर्ण अवसरलाई ब्रूनोले खेर फालेनन् ।
त्यसपछि खेलको अन्तिम समयमा जेसीले टिमका लागि दोस्रो गोल गरेपछि लेस्टर स्तब्ध बन्न पुग्यो ।

वल्भ्समाथि जित हासिल गरेको चेल्सीले दुवै गोल पहिलो हाफको अतिरिक्त समयमा गरेको थियो । जस अन्तर्गत पहिलो गोल मासोन माउंट र दोस्रो गोल ओलिभिए जिरूडले गरेका थिए । यता लिगको समाप्तिसँगै लिगका अन्तिम तीन स्थानमा रहेका नर्विच सिटी, वाटफोर्ड र बर्नमाउथ रेलिगेसनमा परेका छन् ।

लिगको अन्तिम दिन भएका अन्य खेलहरुको नतिजा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *