पूर्व कप्तान हरि अब नाच्ने

पूर्व कप्तान हरि अब नाच्ने

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा महिला राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक समेत रहेका हरि खड्काले नेपाली एक रियालिटी शोमा सहभागी जनाउने भएका छन् ।

हिमालय टेलिभिजनमा चाडैं प्रशारण हुने तयारीमा रहेको डान्सिङ विद द स्टार्स नेपाल मा हरिले नाच्ने छन् । जून शोमा विभिन्न क्षेत्रका चर्चित अनुहारको सहभागी रहने छ ।

शोमा हरिलाई डान्सर युमी बलामीले साथ दिनेछिन् । यसअघि यहीं शोमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका अनिल गुरुङले सहभागी जनाउने भनिएको भएपनि अनिल अब भने अनुपस्थित रहने छन् । पछिल्लो समय अनिलको व्यस्तता बढेपछि उनले शोमा सहभागी नजनाउने भएका हुन् । अहिले उनि आफ्नो जिवनमा आधारित चलचित्र भकुण्डोको काममा दौडधुप गरेका छन् । जून चलचित्रको काम अहिले अन्तिम चरणमा समेत पुगेको छ ।

नेपाली फुटबलमा हरि खड्का सफल खेलाडी र उत्तिकै प्रतिभावान प्रशिक्षकको रुपमा मानिन्छन् । उनका लागि पनि यो डान्स क्षेत्र आफैमा नौलौ पक्कै हो । अब फुटबलमा राम्रो प्रभाव छोड्न सफल हरिको यो यात्रा कस्तो हुनेछ । त्यो हेर्न पक्कै पनि आनन्दित र मनोरञ्जत्माक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *